इटहरी : नेकपा एमालेले इटहरीमा मेयरका लागि ६ जनाको नाम सिफारिस गरिएको छ ।
आइतबार (आज) पार्टी कार्यालयमा बसेको बैठकले मेयरका लागि ६ जना र उपमेयरका लागि ९ जनाको नाम सिफारिस गरेको हो ।
एमाले इटहरी अध्यक्ष यामकुमार सुब्बाले वर्तमान मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरिएको बताए ।
‘हामीले आज ६ जनाको नाम तयार गरेका छौँ, भोलिसम्म मिलाउने कोसिस हुन्छ,’ उनले टाकुरासँग भने, ‘भोलिसम्ममा सहजीकरण गर्ने प्रयास हुनेछ, मिलेन भने सबैको नाम जिल्लामा सिफारिस गर्नेछौँ ।’
उनका अनुसार उनी स्वयम्सहित ६ जनाले मेयरका लागि आकांक्षा राखेका छन् । जसमध्ये मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, पार्टी नगर अध्यक्ष यामकुमार सुब्बा, रामप्रसाद चौलागाईँ, रेवतीप्रसाद घिमिरे र बन्नुलाल चौधरी छन् ।
सुब्बाका अनुसार जिल्लामा सिफारिस गरिने र जिल्लाले आवश्यक समन्वय गरी प्रदेशमा सिफारिस गर्नेछ ।
यस्तै, उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ । जसमध्ये अम्बिका चौधरी, बिष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेल छन् ।
Discussion about this post