धरान : नेकपा एमाले धरानले मेयर पदका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।
एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङका अनुसार आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो ।
वर्तमान उपमेयर मञ्जु भण्डारीसहित ११ जनाको नाम जिल्लामा पठाइएको उनले बताए ।
उनका अनुसार मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, उपमेयरमा सुशीला पहाडी, लहरुमाया जिमी, पदम इश्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ राई र लिला राईको नाम सिफारिस गरेको छ ।उपमहानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिस गरेको हो ।
जिल्ला कमिटीले प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा उम्मेद्वारका आकांक्षीहरूको नाम सिफारिस गर्नेछ ।
यो पनि – इटहरीमा एमालेबाट मेयरका लागि द्वारिकलाल चौधरी, लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस














Discussion about this post