मोरङ : १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर आ इ टी समुहबाट गएको प्रहरी टोलीले लागूऔषध मुद्धाका फरार प्रतिवादी सुनसरी धरान उपमहानगरपालिका १९ का ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको छ ।
लागूऔषध मुाद्धमा उच्च अदालत बिराटनगरको मिति २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले १ वर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईको खोज तलासमा गएको प्रहरी टोलीले गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post