झापा : झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड नगरपालिका ४ का २६ वर्षीय प्रमोद शाहलाई लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
शाहको घर कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागूऔषध ब्राउनसुगर, नगद ११ हजार ५४० र मोवाइल सेट ७ थान समेत बरामद गरेको छ । यसैगरी बिर्तामोड नगरपालिका ४ को एक होटलबाट लागूऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका १ का ३९ वर्षीय ओम चौधरी पक्राउ परेका छन् ।
लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले चौधरीलाई बुधवार ९ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post