मोरङको बेलबारी नगरपालिका वडा नं. ७ दौलथपुरमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।
कानेपोखरी गाउँपालिका वडानं. १ होक्लाबारी बस्ने १८ वर्षीय आयुष गिरी मृत अवस्थामा नहरको डिलमा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्न हिजो मृतक युवासँगै रहेका १० जना बढीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post