भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका ३ सिन्द्राङमा जंगली च्याउको तरकारी खाँदा ५ वर्षीया बालिका कृति राईको मृत्यु भएको छ ।
जंगली च्याउको तरकारी पकाएर खाँदा बिरामी भएकी बालिकाको मृत्यु भएको हो । बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारको क्रममा मृत्यु भएको हतुवागढीका शंकरहरी राईले बताए ।
जंगली च्याउको तरकारी खादा मृतक बालिकाका बुबासहित एकै परिवारका अन्य पाँचजना बिरामी परेको उनले जानकारी दिए ।
बिरामी पर्नेहरूमा बालिकाका बुबा ४३ वर्षीय आशकुमार राई , ३८ वर्षीय धनकुमारी राई, १० वर्षीया योगिता राई, ८ वर्षीया सुमित्रा राई र ३ वर्षीया सृष्टि राई रहेका छन् ।
बिरामी पाँचै जनाको प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचार भइरहेको छ । घटनाबारे थप अुनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।












Discussion about this post