मोरङ : मोरङमा नेकपा एमालेले जिल्ला समन्वय समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।
जिसस प्रमुखका लागि सुन्दरहरैँचाका अजम्बर राई र उपप्रमुखमा रंगेलीकी उषा झा ठाकुरलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी ३ महिला सदस्यहरूमा मिक्लाजुङकी उमा नेपाली, लेटाङकी हरिमाया विश्वकर्मा र ग्रामथानकी उर्वशी थारुलाई उम्मेदवार बनाएको एमालेले जनाएको छ ।
यस्तै, दलित सदस्यका लागि धनपालथानका चन्द्र सरदारको नाम उल्लेख छ ।
यसैगरी अन्य सदस्यहरूमा उर्लाबारीका मित्र ढकाल, विराटनगरका तुलसी घिमिरे र देवमणी कटुवाललाई उम्मेदवार बनाइएको छ ।
जिसस मोरङको निर्वाचन ३१ गते तोकिएको निर्वाचन आयोगले जनाएको छ ।














Discussion about this post