इटहरी (डेस्क) : झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न मुद्दाका पाँचजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापा र मोरङको विभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना तोकि हालसम्म फरार रहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका ७ का ३९ वर्षीय तेजु भन्ने तेजबहादुर मगर, मिक्लाजुङ गाउँपालिका ३ मोरङका ४० वर्षीय सुमनसंभी लिम्बू, सोही स्थानका २६ वर्षीय रमेश घिमिरे, बेलबारी नगरपालिका २ लालभित्ती मोरङका २१ वर्षीय अर्जुम झागड र धनपालथान गाउँपालिका ५ मोरङका सुन्नर सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।














Discussion about this post