गत ५ चैत मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले गृहकार्य अघि बढाएको छ ।
शिक्षा ऐनमै परीक्षा बोर्डले परीक्षा लिने स्पष्ट रहेको भन्दै विद्यालयले लिएको परीक्षालाई आधार मानेर स्तर निर्धारण गर्न नमिल्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
उनले भने, ‘हामी कानुन पालना गर्ने निकाय हो । विद्यमान शिक्षा ऐनअनुसार लिखित रूपमा लिइने परीक्षालाई मात्र कानुनी मान्यता दिइन्छ ।’
उनका अनुसार जसरी पनि आँफूहरुले एसईई परीक्षा गराइनेछ ।
यसवर्ष ४ लाख ८२ हजार ७ सय ७ जना एसईई परीक्षा दिने तयारीमा रहेका छन् ।
दुई साता अगाडि परीक्षा हुनेबारे सूचना प्रकाशित गरिने र परीक्षा भएको ४५ दिनमा नतिजा प्रकाशित गरिने बताईएको छ ।
Discussion about this post