झापा : लागूऔषध गाँजासहित झापाबाट एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका ४ का ५६ वर्षीय डमरु दासलाई प्रहरीले आफ्नै घरबाट गाँजासहित पक्राउ गरेको हो ।
दासको घर खानतलासी गर्दा दुई किलो दुई सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
घरबाट प्रहरीले २२ हजार रूपैयाँ नगद पनि फेला पारेको छ । दासलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post