लकडाउनको मौका छोपी व्यापारीहरुले आफूसँग भएको सामानको दाम बढाएर बेच्ने गरेको पाईएको छ ।
बराहक्षेत्र नगरपालिकाले मंगलवार पसलहरु अनुगमन गर्दा सामानरुको मूल्य बढाएर विक्री भैरहेको र विक्रीका लागि कतिपय म्याद गुज्रेको ड्यामेज सामान राखिएको पाइएको हो ।
नगरपालिकाले नगरक्षेका ११ वटा वडामा अति आवश्यक र खाद्यान्न पसल खोल्ने समय तोकि दिएको छ । तोकिएको समयमा खुला गर्दा पसलेले बढी मूल्यमा बिक्री गर्दै आएको गुनासो आएपछि अनुगमन टोलीले चतरा बजारमा अनुगमन गर्न सुरु गरेको हो ।
ग्राहक बनेर सामान खरिद गर्दा पसलले खैनी, चुरोट, आयो नून, दाल लगायत सामाग्री तोकिएको मूल्य भन्दा बढीमा बिक्री गरेको अनुगमनमा निस्किएका अधिकृत मनुकुमार लिम्बुले बताए । पटक–पटक बजार अनुगमन गरेपनि पहिलो पटक भन्दै सम्झाइ बुझाइ गर्दै आएको भएपनि अब भने त्यस्ता पसलेलाई न्यूनतम ५ हजार देखि २० हजार सम्म जरिवाना गरिने उनले बताए ।
Discussion about this post