सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ निवासी एक महिलामा कोराना संक्रमण पुष्टि उक्त स्थान सिल गर्न स्थानीयले माग गरेका छन्।
स्थानीयको सुरक्षा तथा स्वास्थ्य सतर्कतालाई ध्यानमा राखेर सिल गर्नुपर्ने क्षेत्र भएपनी स्थानिय सरकार भने अझै संक्रमणको संख्या पर्खी रहेको स्थानीयको आरोप छ ।
मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये सुनसरीको रामधुनी नगरपालिका वडा नं. ४ कि २५ वर्षीय महिला रहेको खुलेको छ। तीन दिन अघि उनी सुनसरीको झुम्काबाट भक्तपुर गएकी थिइन्।
उक्त युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। तर स्थानीय सरकार र सुरक्षाकर्मी को टोलिले रामधुनीको उक्त स्थान सिल गर्नु पर्नेमा मौन रहेका छन् ।
संक्रमित क्षेत्रका व्यक्तिहरू आउने र संक्रमण फैलन सक्ने खतरा रोक्न स्थानीय सरकारले विभिन्न स्तरमा पहल गरि सिल गर्नु पर्ने स्थानीयको माग छ ।
यो पनि –
Discussion about this post