झापा : लागूऔषध ब्राउनसुगरसहित झापाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको हल्दिबारी गाउँपालिका ४ का ३५ वर्षीय जेमिल महमद, बिर्तामोड नगरपालिका ५ का २५ वर्षीय अर्जुन राजवंशी र भारत बिहारको किसनगन्जका २८ वर्षीय जम्सेद आलमलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
प्रहरीले सुरुमा जेमिललाई पक्राउ गरेको थियो । उनको साथबाट सात ग्राम ९२ मिलिग्राम ब्राउनसगुर बरामद भएको प्रहरीले जनाएको छ ।
सोधपुछ गर्ने क्रममा ब्राउनसुगरको धन्दामा अर्जुन र जम्सेदको पनि संलग्नत रहेपछि उनीहरुलाई पनि पक्राउ गरिएको हो ।
दुवै जनालाई हल्दिबारी ४ बाट नगद ७९ हजार रुपैयाँ र मे ६ प ५६१९ नम्बरको स्कुटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post