झापा : झापाको भद्रपुर नगरपालिका ५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश ३–०२–०१३ प ४७४३ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका ११ झापाका २४ बर्षीय आकाश गिरीको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।
प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका गिरीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post