लकडाउनले गर्दा समस्यामा परेका विपन्न परिवारहरुलाई धरान उपमहानगरपालिकाले विगत समयमा दुई चरणमा गरि लगभग २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैँया बराबरको राहत वितरण गरेको छ ।
आज धरानमा गरिएको पत्रकार सम्मेलनमा मेयर तिलक राईले पहिलो चरणमा ९ हजार ३६ परिवारलाई ८२ लाख ७ हजार ८ सय ५५ रुपैँया बराबरको राहत प्याकेज वितरण गरिएको बतार ।
दोस्रो चरणमा २० हजार ६ सय १२ परिवारलाई १ करोड २४ लाख ७१ हजार ३ सय बराबरको राहत विरतण गरेको उनले बताए ।
उपमहानगरपालिकाले फुड बैंकमा जम्मा भएको खाद्यान्न वडा कार्यालय मार्फत टोल विकास संस्थालाई राहतको लागि नामावली संकलन र वितरणको जिम्मा दिएको थियो । त्यसैगरि पहिलो र दोस्रो चरणको राहतको २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैँया बराबरको खाद्यान्न खरीद गरिएको बताउदै मेयर राईले बजेट अभावका कारण अर्को चरणको राहतको रकम भुक्तानी गर्न ६४ लाख १६ हजार ३ सय ८१ रुपैया अझै बाँकी रहेको बताए।
उनका अनुसार बिहिबारदेखि धरानमा तेस्रो चरणको राहत वितरण शुरु गर्ने तयारी भएको छ ।
तेस्रो चरणमा पनि २० हजार ६ सय १२ परिवारलाई १ करोड १३ लाख ३४ हजार रुपैया बराबरको राहत विरतण गरिने उपमहानगरले जनाएको छ । तेस्रो चरणको राहतको लागि ९६ लाख बराबरको चामल (सोना मन्सुली) २ लाख किलो र १७ लाख ३४ हजार बराबरको मुसुरी दाल १७ हजार किलो खरीद गरिएको पनि मेयर राईले जानकारी दिए ।
Discussion about this post