इटहरी : नेकपा माओवादी केन्द्रले सुनसरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको लागि मदन चुडालको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इटहरी निवासी रहेका चुडालसँगै पूर्वकृषि राज्यमन्त्री रामकुमारी चौधरीको नाम सिफारिस गरिएको हो ।
‘युवाहरूमा राजनीतिप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा राजनीतिक पार्टी नै नेपालको आवश्यकता हो भन्ने सन्देश दिन आफ्नो आवश्यकता रहेको चुडालले बताए ।
नेकपा माओवादी केन्द्रको इटहरी उपमहानगर कमिटी इन्चार्ज, तथा प्रदेश कमिटी सदस्य साथै अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर २ का निर्वाचन संयोजक छन् ।
२०६८ सालमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेता चुडाल युवा उद्यमी समेत हुन् ।












Discussion about this post