झापा : झापाको बिर्तामोड नगरपालिका ३ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ५ का १९ वर्षीय कालु दासलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित ब्राउनसुगर बरामद भएसँगै दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post