इटहरी (डेस्क) : झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान उपमहानगरपालिका १५ का ३२ वर्षीय निश्चल बुढाथोकीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरी चौकी कुशेचौरी मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका पथरीशनिश्चरे ९ का २८ वर्षीय मिलन भण्डारी र २० वर्षीय अभिषेक लिम्बूको साथबाट ६०० मिलिग्राम ब्राउनसुगर र ट्रामाडोल ४८ चक्की, स्पाईसपेन ८५ चक्की सहित पक्राउ गरेको हो ।
उता, झापाको मेचीनगर नगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १६ सुनसरीका ३७ वर्षीय युसुफ सुब्बा र २७ वर्षीय थोमस राईलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post