इटहरी : मोरङ र झापाका विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ बाट १ जना र झापाको बिर्तामोड नगरपालिका ४ बाट दुईजनालाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थित चेकजाँचको क्रममा को ३५ प २२६६ नम्बरको मोटरसाइकलमा सवार इटहरी ४ का २२ वर्षीय विशाल भुजेललाई लागूऔषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । यस्तै, लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड ४ बस्ने ३८ वर्षीया सुगन्दा अन्सारी र उनको १७ वर्षीय छोरा अर्मान अन्सारीलाई घरभित्र प्लास्टिकमा प्याकिङ गरिरहेको अवस्थामा १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post