मोरङ : मोरङको लेटाङ नगरपालिकामा शारीरिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लेटाङ ९ की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार (आज) ५६ वर्षीय शरणबहादुर राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
‘राईले युवतीलाई शनिबार लेटाङ ९ स्थित खेतमा रहेको टहरोमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ श्रेष्ठले भने, ‘खुट्टा नचल्ने अवस्थाकी ती युवतीलाई राईले बोकेर टहरोमा लगेको अनुसन्धानमा पाइएको छ ।’
राईलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको श्रेष्ठले बताए । पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post