झापा : झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट एकजना र बिर्तामोड नगरपालिका ५ स्थितबाट तीनजनालाई प्रहरीले प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका रामेछाप नगरपालिका ८ का ३० वर्षीय विजय लामालाई पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथबाट ७५ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड ५ स्थितबाट माई नगरपालिका २ इलामका २२ वर्षीय केबिन्द्र गोले, २७ वर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका ५ पाँचथरका ३२ वर्षीय सन्त लिम्बूलाई १३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post