खोटाङ : जिल्ला प्रशासन कार्यालय खोटाङले हतियार बुझाउन आग्रह गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न हतियार बुझाउन सुक्रबार सूचना जारी गरेको हो ।
सूचना अनुसार आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त हतियार नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ । बुझाइएको हतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता गरिने सूचनामा उल्लेख छ ।














Discussion about this post