झापा : झापाको भद्रपुर नगरपालिका ४ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय अनिल तामाङ र भद्रपुर नगरपालिका ३ का २० वर्षीय होमन लिम्बूलाई १ ग्राम ३० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित भद्रपुर नगरपालिका ४ डांगीबारीबाट पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post