झापा : झापाको भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर ८ का २४ वर्षीय आतिस राजवंशी रहेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई ४ ग्राम ७९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post