इटहरी : रामधुनी नगरपालिका ७ मा रहेको एक्टिभ युथ अफ पञ्चायनले वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार रामधुनी ७ को वडा कार्यालयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा स्थानीय स्मृति कोइराला प्रथम भइन् ।
यस्तै, राम खड्का द्वितीय, तपन पौडेल तृतीय र अर्चना दाहाल शान्तवना भइन् । उनीहरूले क्रमशः दुई हजार एक सय पाँच रुपैयाँ, एक हजार पाँच सय पाँच रुपैयाँ, एक हजार पाँच रुपैयाँ र पाँच सय पाँच रुपैयाँसहित प्रमाणपत्र हात पारे ।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि रामधुनी ७ का वडाध्यक्ष केशव गौतमले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा इटहरी र रामधुनीका १३ जना प्रतिष्पर्धीहरू सहभागी भएको कार्यक्रम संयोजक ओमबहादुर खड्काले बताए ।
कार्यक्रमका सभाध्यक्ष तथा एक्टिभ युथ अफ पञ्चायनका अध्यक्ष गोविन्द लामिछानेले बालबालिकामा बोल्न सक्ने क्षमता वृद्वि होस् भन्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
‘लागूपदार्थ दुव्र्यसनको रोकथाममा परिवारको भूमिका’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा सहभागीले उत्साहजनक ढंगले प्रस्तुत गरेका थिए ।
‘पछिल्लो समय किशोर अवस्थादेखि नै मानिसहरू लागूपदार्थ सेवन गर्ने भएकाले त्यसलाई निर्मूल पार्नका लागि एउटा अभ्यास गरिएको हो,’ लामिछानेले भने, ‘हामीले साना बालबालिकाबाटै अभ्यास गर्यौँ भने भोलिका दिनमा लागूपदार्थ दुव्र्यसनी नियन्त्रण हुनसक्छ, सोही उदेश्यले यो कार्यक्रमको आयोजना गरेका हौँ ।’













Discussion about this post