इटहरी : सुनसरीमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।
तिहारको समयमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राति अबेरसम्म देउसी भैलो लगायतको सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा झै झगडा हुनसक्ने र भड्किलो चाडपर्व नबनाउनका लागि जिल्ला स्तरीय चाडबाड लक्षित विशेष सुरक्षा योजना तयार गरेर यो निर्णय लागू गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सुरक्षा योजना अनुसार १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर जिल्लाभर मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई विशेष निगरानी गरिने बताइएको छ ।
यस्तै, चाडपर्वमा सुरक्षा योजना कडा बनाउन प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर तिहार र छठ पर्वमा सुरक्षामा कडाइ गरिने जनाइएको छ ।














Discussion about this post