झापा : झापाको भद्रपुर नगरपालिका ५ बाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा मेचीनगर नगरपालिका १३ का २३ वर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुवैजनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post