झापा : झापामा लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले शनिबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको कचनकवल १ घर भइ हाल बुद्धशान्ति नगरपालिका ३ बस्ने ३१ वर्षीय मोहमद हुसेन रहेका छन् ।
उनलाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ १०२ ग्रामसहित फेला परेकोले पक्राउ गरिएको हो ।
उनीसँग थप सोधपुछ गर्दा झापाको मेचीनगर ८ बस्ने विकास राजवंशीको कोठामा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिस्याइलो पदार्थ २५ ग्राम २५० मिलिग्राम र डिजिटल तराजु थान १ फेला परेको प्रहरीले जनाएको छ ।
हुसेनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post