सुनसरीका पत्रकारहरूको पीसीआर विधिबाट कोरोनाको परीक्षणका लागि थ्रोट स्वाब लिइएको छ ।
इटहरीको जनता माविमा भएको परीक्षणमा पहिलो चरणमा अग्रभागमा रहेर जोखिमपूर्ण पत्रकारिता गर्ने सुनसरीको इनरुवा, इटहरी र धरानका २० जनाको स्वाब सङ्कलन गरिएको हो ।
पत्रकार महासंघ सुनसरीका सभापति अमर खड्काका अनुसार जिल्ला स्वास्थ्य कार्यालय सुनसरी र इटहरी अस्पतालसँगको समन्वयमा २० जना पत्रकारको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको छ ।
Discussion about this post