बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नं. ३ बाङ्गेदेखि नडाहा हुँदै धरानसम्मको कच्ची सडक स्तरोन्नतीको कामले गति लिने भएको छ ।
बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले सडक डिभिजन कार्यालय विराटनगरका प्रतिनिधिसहित भएको छलफलमा कामलाई तीव्रतासँगै गुणस्तरीय सडक निर्माण गर्न निर्देशन दिए ।
जनताले महत्वको साथ हेरेको उक्त सडक स्तरोन्नतीका निम्ति गुणस्तरीय काम गर्न उनको निर्देशन छ ।
सडकको डिभिजन कार्यालय विराटनगर मार्फत पीआर इन्फास्ट्रक्चर काठमाडौँले निर्माणको जिम्मेवारी पाएको हो ।
बराहक्षेत्रबासीको आर्थिक उपार्जन तथा शैक्षिक क्षेत्रसँगै स्वास्थ्य सेवासँग जोडिएको उक्त सडक गत आर्थिक वर्ष नै २० करोड ७० लाख ६८ हजार सडक डिभिजन कार्यालयले विनियोजन निर्माण कम्पनीलाई जिम्मेवारी समेत दिएको छ ।
बाङ्गेदेखि ६ किलोमिटर लम्बाई र ७ मिटर चौडाइ रहने उक्त योजनामा ४ वटा कल्भर्ट, ३ वटा स्लाप कल्भर्ट समेत निर्माण हुनेछ ।
८०० मिटर नाली र ६७५ घन मिटर जाली निर्माण हुनेछ। सडक निर्माण भइसकेपछि बराहक्षेत्रको बजार र पर्यटनको क्षेत्रमा सहयोग समेत पुग्नेछ ।
निर्माण कम्पनीका प्रतिनिधि विदुर गौतमका अनुसार सडकको काम सुरु गर्ने अन्तिम तयारी रहेको छ । पहिलो चरणमा सडकको दायाँ–बायाँ ड्रेनको काम गरी कालोपत्रेको काम हुनेछ ।












Discussion about this post