इटहरी : सुनसरीको छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १४ का २१ वर्षीय रन्जित तामाङ, १९ वर्षीय नेल्शन याक्खा, २० वर्षीय शाहील भण्डारी र १९ वर्षीय शेखर परियार रहेका छन् ।
उनीहरूलाई प्रतिबन्धित लागूऔषध स्पास्पेन २४८ ट्याबलेट र ट्रामाडोल ३३० ट्याव्लेटसहित पक्राउ गरिएको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान ५ का २६ वर्षीय अमन राई र धरान ३ का ३४ वर्षीय मनकुमार श्रेष्ठलाई ट्रामाडोल ६०३९ ट्रयाव्लेट, स्पास्पेन ४१४० ट्याव्लेट, डाईजेपाम १५६ एम्पुल र नगद ६५ हजार ९ सय ४४ रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।












Discussion about this post