विराटनगर : ब्राउनसुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरमा प्रहरीले ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ स्थितमा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १–०४–००१ प ३१०२ नम्बरको मोटरसाइकलमा सवार रहेका छथर जोरपाटी गाउँपालिका १ धनकुटाका २० वर्षीय मिङ्मा शेर्पा र धनकुटा नगरपालिका १ का १९ वर्षीय सुमन तामाङलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।












Discussion about this post