झापा : झापामा लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीले लागूऔषधसहित जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको दार्जीलिङ कवलाजोत बस्ने २३ वर्षका सारदिन महमद रहेका छन् ।
झापा मेचीनगर नगरपालिका १० कनिष्का धर्मकाटा स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्रामसहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महमदमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।












Discussion about this post