इटहरी(डेक्स) : उदयपुर र इलामको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिक ३ शान्तीधाममा चेकजाँच गर्ने क्रममा नाईट्राभेट १३ एम्पुल, डाइजेपाम ८ एम्पुल, फेनारागन ८ एम्पुल र ब्रुप्रिर्नोफीन ७ एम्पुल फेला पारी १८ वर्षीय पप्पु मल्लिकलाई पक्राउ गरेको हो ।
यसैगरी इलामको इलाम नगरपालिका १२ साङरुम्बा स्थित इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा ३८ प ४४९० नम्बरको मोटरसाईकल चालक ३१ वर्षीय सोम राईले बोकेको लेदरको ब्याक भित्रबाट प्लाष्टिकले बेरेर राखेको अवस्थामा ७ पोका ५४५ मिलि ग्राम० ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेको दुबै जनाको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post