इटहरी : मोरङको छुट्टा–छुट्टै दुई स्थानहरूबाट प्रतिबन्धित लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ मा चेकजाँचको क्रममा इटहरी १६ का मनिष राई र इटहरी ३ का अभिषेक परियारसहित चारजनालाई पक्राउ गरेको हो ।
राईको साथबाट AVIL-26, DIAZEPAM-20, DIAZELAB-5 र स्टिकर नभएको-२५ एम्पुल फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ हुलास चौकमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २ ह ५१९३ नम्बरको अटोभित्र नाईट्राभेट ५० ट्याब्लेट फेला पारेको छ ।
अटो चालक विराटनगर १२ का ३३ वर्षीय महेन्द्र कामत, अटोमा सवार इटहरी ३ का २५ वर्षीय अभिषेक परियार र सुन्दरहरैँचा १० का २३ वर्षीय दिपेश थापालाई पक्राउ गरेको हो ।
पक्राउ परेका चारैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post