विराटनगर : प्रदेश १ सरकारको संरचना निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा दिने निर्णय गरेको छ ।
प्रदेश मन्त्री क्वार्टर निर्माणका लागि विराटनगर महानगरपालिकाले बूढीगंगाको आफ्नो जग्गा दिने निर्णय गरेको हो ।
यसअघि विराटनगर महानगरपालिकाभित्रै प्रदेशका संरचना बनाउन जग्गा उपलब्ध गराउने बताउँदै आएको महानगरपालिकाले बूढीगंगा गाउँपालिकामा आफ्नो स्वामित्वमा रहेको ल्याण्ड फिलको ५ विगाहा जग्गा दिने निर्णय गरेको हो ।
महानगरले मोरङको बूढीगंगा गाउँपालिका ६ डंग्राहामा महानगरको नाममा रहेको २७ बिघा मध्ये ५ बिघा जग्गा दिन सकिने निर्णय गरेको मेयर नागेश कोइरालाले बताए ।



















Discussion about this post