झापा : झापामा ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरिएको हो ।
दमक नगरपालिका २ खरखरेमा सोही ठाउँ बस्ने ३६ वर्षीय सन्तोष राजवंशीको घरभित्र उनीसहित सोही ठाउँका ३६ वर्षीय कोलिलाकुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र वडा नम्बर १ बस्ने ३१ वर्षीय सन्दीप लिम्बूलाई ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
४ ग्राम ब्राउनसुगरसहित उनीहरूले प्रयोग गरेको को १४ प ७७८४, मे ८ प ३०६६ नम्बरको मोटरसाइकल र विभिन्न कम्पनीको मोबाइल ५ थानसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुई दिनमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट १० जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।












Discussion about this post