विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् ।
संविधानको धारा ६८ (२) अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेशसभाका ६० सांसदहरूको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । यससँगै उनी प्रदेश १ का चौथो मुख्यमन्त्री बनेका छन् ।
कार्कीले एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा) गरी ६० सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए ।
प्रदेश १ मा सत्तागठबन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कल ६० सांसद छन् ।













Discussion about this post