इटहरी(डेक्स ) : मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित पाचँ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शहिदभुमि गाउँपालिका २ का ३६ वर्षीय टेक बहादुर राई र कागेश्वरी मनहरा नगरपालिका २ काठमाण्डौका ४० वर्षीय प्रकाश चन्द्र राई , लेटाङ नगरपालिका २ का २४ वर्षीय हेमन लिम्बु, लेटाङ नगरपालिका ३ का २५ वर्षीय सुजन लिम्बु, इटहरी उप महानगरपालिका १० का १९ वर्षीय संदिप चौधरी र बर्जु गाउँपालिका ४ का २४ वर्षीय रोहित पौदार रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले टेक बहादुर राई र प्रकाश चन्द्र राईलाई बिराटनगर १५ बाट ८० मिलिग्राम लागूऔषध ब्राउनसुगर तथा हेमन लिम्बु र सुजन लिम्बुलाई बिराटनगर १६ बाट लुपिजेशिक ४ एम्पुल, एभिल ४ एम्पुल, डाईजेपाम ४ एम्पुल, फेनरगन ४ एम्पुल, NITRAZEPAM १० चक्की सहित सहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई स्पास्मोप्रोक्सिवन र निट्राजेपाम २०र२० चक्की सहित पक्राउ गरेको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले रोहित पोदारलाई लागूऔषध डाईजेपाम, निट्राजेपाम लुपिजेसिक सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post