खोटाङ : खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी बालिका मृत फेला परेकी छन् ।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थानकी १७ वर्षीया रञ्जिता दाहाल सोमबार (आज) बिहान घर नजिकै खन्युको फेदमा मृत भेटिएकी हुन् ।
आइतबार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेकोजस्तो अवस्थामा भेटिएको खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी मञ्जिल मुकारुङले जानकारी दिए ।
शवको पोस्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुन्ड्याइएकोजस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
मृतक बालिका महेन्द्रोदय मावि हलेसीमा कक्षा १० मा अध्ययनत थिइन् । माघ ३ गते मंगलबारदेखि विद्यालयमा आयोजना हुने नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् ।
प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे ३ बजेतिर घर फर्केकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post