झापा : झापाको भद्रपुर नगरपालिका वडा नं. ९ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय देवराज दंगाल र मेचीनगर नगरपालिका वडा नं. १५ वस्ने २१ वर्षीय सन्देश राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post