झापा : झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाई–छिपाई ल्याउँदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउनसुगर फेला पारी तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजवंशी रहेका छन् ।
पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धुलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post