इटहरी : सुनसरीमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार हरिनगर गाउँपालिका २ बाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा हरिनगर १ बस्ने २० वर्षीय तामिर अन्सारी र २४ वर्षीय बसिम अन्सारी रहेका छन् ।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश–१–०२–०४९ प ५५६९ र को ११ प ८४ नम्बरको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट विभिन्न प्रकारको लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।












Discussion about this post