झापा : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दाका फरार प्रतिवादी एकजनालाई पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको मिति २०७९ असार ८ गतेको फैसला आदेशले १ वर्ष ३ महिना कैद र ५ हजार जरिवाना तोकिएपनि फरार रहेका बेलबारी नगरपालिका ४ का ४९ वर्षीय करुण राईलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post