झापा : झापाको बिर्तामोड नगरपालिका ५ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा डब्लु बी ७४ बी ए ६७७९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत किसनगंज गलगलियाका २५ वर्षीय दिलसाद रहमान र पछाडि सवार रहेका २० वर्षीय सन्वाज खान रहेका छन् ।
उनीहरूको साथबाट ८ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post