इटहरी : सुनसरी र झापाका भिन्ना–भिन्नै दुई स्थानबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको कोसी गाउँपालिका १ स्थित शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा रामधुनी नगरपालिका ३ का २७ वर्षीय करणकुमार चौधरीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट २.७९ ग्राम ब्राउनसुगर फेला पारिएको सुनसरी प्रहरीले जनाएको छ ।
यस्तै, झापाको भद्रपुर नगरपालिका ५ मेचीपुल स्थितबाट प्रहरी बिट मेचीपुलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साइकलयात्री ३२ वर्षीय सन्तोष विश्वकर्मालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
उनको साथबाट डाईजेपाम र फेनारगन २१ एम्पुल फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दुवैजनमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post