झापा : झापाको दमक नगरपालिका २ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक २ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउनसुगर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दमक ८ का ३७ वर्षीय तेजकुमार खवास, ३५ वर्षीय सुनील श्रेष्ठ र दमक २ का २२ वर्षीय विजय धिमाल रहेका छन् ।
उनीहरूको साथबाट १९ ग्राम ब्राउनसुगर, नगद ९७ हजार ६ सय रुपैयाँ, ४ थान मोबाइल र को २८ प ३१४६ नम्बरको स्कुटर, प्रदेश १–०२–०४८ प ६६५७, ज १२ प ५५५७ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेका तीनैजनामाथि इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post