विराटनगर : विराटनगर महानगरपालिका १५ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार (आज) बिहान लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ५ का २२ वर्षीय अमन अछामे र २२ वर्षीय संजीव बिश्वकर्मा रहेका छन् । उनीहरूको साथबाट १ ग्राम ५६ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
ब्राउनसुगरसहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post