धरान : सुनसरी र मोरङको छुट्टा–छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान ८ का ३२ वर्षीय अर्जुन विश्वकर्माको साथबाट ब्राउनसुगर १ ग्राम र डिजिटल तराजु १ थानसहित पक्राउ गरेको हो ।
यस्तै, वडा प्रहरी कार्यलय विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर ९ स्थितबाट धरान १६ का उस्व राईको साथबाट प्रतिबन्धित औषधि लुपिजेसिक, फेनारगन, एभिल र डाईजेपाम सहित २३ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेको उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post