विराटनगर : सुनसरी र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका १० का १९ वर्षीय गोरे भन्ने विनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको फेनारगन, डाईजेल्याव, ब्रुफिनसहित ११ एम्पुल बरामद गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ का २६ वर्षीय लकि गुरुङ, ३२ वर्षीय कुसबहादुर भुजेल, धरान २ का काम्मराज लिम्बू र धरान ४ का ३० वर्षीय सन्जु बिकलाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post